सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेनको काँग्रेसको दाबी
काठमाडौँ, ४ फागुन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कम्युनिष्ट सरकारले सहज समयको सदुपयोग गर्न नसकेको र परिणाममुखी ढंगले काम गर्न नसेकेको दाबी गरेको छ ।
काँग्रेसले ५ वर्षका लागि म्याडेन्ट प्राप्त सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको दाबी गरेको हो ।
दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नवीन गतिका साथ कार्य सरकारले गर्न सके पनि अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकूल परिस्थितिलाई स्वयं आफैले क्रमशः प्रतिकूल बनाएको कांग्रेसको ठहर छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुई वर्षलाई अयोग्यता, असफलता र अधोगतिको आठकोण सार्वजनिक गर्नुभएको छ ।
