बालुवाटार प्रकरणमा म निर्दोष छु, गच्छदारको विषयमा थाहा छैनः माधव नेपाल

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार १७:०५

मोरङ, २४ माघ । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदार दोषी हुन् हाेइनन् आफूलाई थाहा नभएकाे बताएका छन् । शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले दाेषी भए कारबाही हुनु पर्ने र निर्दाेष भए फस्‍न नहुने बताए ।

कांग्रेसले गच्छदारलाई फसाएको तर जग्गाको लालपुर्जा हुनेहरुलाई अख्तियारले उन्मुक्ति दियो भनिरहेको छ भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा नेपालले भने, ‘त्यस्तो हो भने मलाई थाहा छैन तर निर्दोष मान्छेलाई फसाइएको हो भने त्यो गलत हो।’

उनलेअख्तियारले पार्टीगत रुपमा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो आफूलाई नलागेको बताए। ‘अख्तियारले मुद्दा दायर गर्दा कसैलाई जोगाएको र कसैलाई फसाएको जस्तो लाग्दैन तर यदी पार्टीगत रुपमा गरेको हो भने उपयुक्त होइन,’ नेपालले भने।

नेपालले ललिता निवास जग्गा प्रक्रणमा आफू दोषी नभएको दाबी गरे। ‘दोषी र अपराधी जोसुकै भए पनि कसैले पनि उन्मुक्ति पाउनु हुँदैन,’ नेपालले भने, ‘ललिता निवास जग्गा प्रक्ररणमा म दोषी, अपराधी र भ्रष्टाचारी होइन, भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने मान्यता राख्दछु।’

आफ्‍नो पालोमा कुनै नयाँ मोही बनाउने काम नभएको नेपालले प्रस्ट्याए। ‘कुनै कार्यालयमा भ्रष्टाचार हुन्छ भने त्यस कार्यालयका सबै दोषी हुँदैन जसले बदमासी गर्छ उही दोषी हुन्छ,’ नेपालले भने।कोही पनि निर्दोष मान्छे पर्न हुँदैन र दोषी मान्छे छुट्नु हुँदैन भन्ने आफ्नो मान्यता रहेको नेपालको भनाइ थियो।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*