बालुवाटार जग्गा प्रकरणः पौडेल र रेग्मी सरकारलाई जग्गा फिर्ता गर्न तयार
काठमाडौं, २२ माघ । ललिता निवासमा जग्गा किनेका नवीन पौडेलले आफ्नो नामको जग्गा नेपाल सरकारलाई छाडिदिन मञ्जुर भएका छन् ।
अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएपछि पौडेलविरुद्ध अख्तियारले जग्गा जफत प्रयोजनका लागि समेत प्रतिवादी बनाउन आवश्यक नपरेको निर्णय गरेको छ ।
नवीन नाबालक हुँदा उनका पिता हाल नेकपाका महासचिव विष्णु पौडेलले ८ आनाको दुई कित्ता जग्गा ललिता निवासमा खरिद गरेका थिए। सर्वोच्च अदालतका बहालवाला न्यायाधीश कुमार रेग्मीले पनि जग्गा छाडिदिन आफू मञ्जुर रहेको बताएपछि उनलाई प्रतिवादी बनाइएको छैन।
विशेष अदालतमा दायर गरेको आरोपत्रको प्रेस विज्ञप्तिमा अख्तियारले यो कुरा उल्लेख गरेको छ।
