कांग्रेसले आजको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्ने

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार १२:२४

काठमाडौ २४ माघ । नेपाली कांग्रेसले आज शुक्रबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ ।
आज बिहान कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलले जनाएको छ ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेपछि कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरुद्ध गरेको थियो ।

शुक्रबारको बैकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संवैधानिक आयोगलाई सरकार आफैंले चलाउन खोजेको र पक्षपातपूर्ण निर्णय गरेकाले आजको बैठक पनि अवरुद्ध गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*