अख्तियारमा धर्ना दिने साझा पार्टीका नेता, कार्यकर्ता पक्राउ
हेटौंडा, २४ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुलाई उन्मुक्ति दिएको भन्दै साझाले अख्तियारमा धर्ना दिएको थियो । उनीहरुले एउटै प्रकृतिको मुद्दामा नेकपाका नेताहरुलाई किन जोगाएको भन्दै प्रश्न गरेका छन् ।
