बालुवाटार जग्‍गा प्रकरणबारे विष्णु पौडेलका छोरा नवीन पौडेलले दिए यस्तो बयान

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार ०९:३०

काठमाडौं, २४ माघ । ललिता निवास जग्‍गा प्रकरणबारे नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको बयानः

हाल म अष्ट्रेलियाको राजधानी क्यानबेरामा बस्छु। मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा रहेको छ। सो जग्गा मैले मिति २०६१र९र२९ मा तत्कालीन जग्गाधनी उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ।

प्रचलित कानून बमोजिम जग्गा बिक्री गर्ने जग्गाधनी व्यक्तिको नाममा मालपोत कार्यालय, डिल्लीबजारमा दर्ता श्रेस्ता कायम रहेको कहीं कतैबाट रोक्का नभएको र सम्बन्धित मालपोत कार्यालयले खरिद बिक्री गर्न मिल्ने भनी यकिन गरेपछि मैले सो जग्गा प्रचलीत कानून बमोजिम रजिष्ट्रेशन लिखत पारित गरी लाग्ने राजश्व बुझाई रु । ४,००,०००।– मा खरिद गरेको हुँ।

उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिका हुन भन्‍ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकोले सरकारी सार्वजनिक जग्गा भए त्यस्ता जग्गाहरू पुनः नेपाल सरकारको नाममा कायम गर्नुपर्छ।

स्रोतः विशेष अदालतमा दायर आरोपपत्र । कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*