बालुवाटार जग्‍गा प्रकरणमा तत्कालीन् राज्यमन्त्री संजयकुमार साहको बयान

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार ०९:३३
file-photo

काठमाडौँ, २४ माघ । ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् राज्यमन्त्री संजय कुमार साहको बयानः

म २०६६ सालमा राज्यमन्त्री भएको हो। मन्त्रिपरिषद्‍बाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको जग्गाको विषयमा मानवीय त्रुटि तथा भुलवश भएको गल्ती सच्याउने भनी उप-प्रधानमन्त्री समक्ष मन्त्रिपरिषद्‍मा पेश गर्न उप-प्रधानमन्त्रीज्यू बाट निर्णय हुनको लागि उप-प्रधानमन्त्री समक्ष तत्कालीन सचिवले किटान राय सहित म समक्ष पेश गरेकोमा मेरो कुनै आफ्नो राय नराखी उप–प्रधानमन्त्री समक्ष उक्त फायल प्रक्रिया बमोजिम पठाईदिएको हो ।

उक्त मिसिलमा मिति २०६७।३।२७ मा राज्य-मन्त्रीको हैसियतले गरेको हस्ताक्षर मेरो हो। यस सम्बन्धमा मुख्य निर्णय पहिले नै भइसकेकोले सो निर्णय सच्याउनको लागि सचिवले राय सहित पेश गरेकोले आफूले कुनै निर्णय राय नदिई उप-प्रधानमन्त्री समक्ष उक्त फायल पेश गरिदिएको हो।

सुरूको निर्णय प्रकृया बारेमा मलाई केही जानकारी आएको थिएन मेरो कुनै संलग्नता पनि छैन। कान्तिपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*