नेकपाको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको प्रस्ताव पेश
काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार शुरु भएको केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको प्रस्ताब पेश भएको छ ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले नेकपाको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म गर्ने प्रस्ताव पेश गरिएको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।
त्यसअघि आगामी भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेशका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव समेत पेश भएको छ ।
यसअघि तत्कालिन नेकपा एमालेले नवौं महाधिवेशन गरेको थियो भने तत्कालिन माओवादीले सातौं गरेको थियो । एकता महाधिवेशनलाई कतिऔं भन्ने टुंगो सम्भवतः केन्द्रीय कमिटी बैठकले लगाउनेछ ।
