काँग्रेसलाई बाबुरामको व्यङ्ग्य : मेलमिलापका नाममा मागेर खानु हुँदैन
काठमाडौं, १४ माघ । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसलाई व्यङ्ग्य गर्दै मेलमिलापको नाममा मागेर नखान आग्रह गरेका छन् ।
डा. भट्टराईले ‘प्रतिपक्षले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। मेलमिलापको नाममा मागेर खानुहुँदैन।’ भन्दै व्यङ्ग्य गरे ।
उनले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै प्रतिनिधि सभाको सभामुख कार्यकारी प्रधानमन्त्रीको पदभन्दा पछि परेको बताए । उनले यस्ता कदमले लोकतन्त्रको गरिमालाइ नै कम गरेको दाबी गरे।
‘हुन त यो ठुलो कुरो होइन। तर मर्यादाक्रममा पहिलो राष्ट्रपति र त्यसपछि सभामुख हुनपर्छ। तर बिडम्बना हाम्रोमा कार्यकारी दोस्रोमा र सभामुख तल पर्यो।’ उनले भने ।
