‘प्रदेश सरकार भ्रष्टाचारलाई निरुत्साहन गर्दै आर्थिक समृद्धितर्फ उन्मुख’
हेटौंडा, १४ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अब भ्रष्टाचारलाई निरुत्साहित गर्ने काममा जोडले लागेको बताएका छन् ।
उनले जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र उद्योगमैत्री वातावरण तयार गर्ने काममा प्रदेश सरकार अगाडि बढेको बताए ।
आज मंगलबार हेटौंडा–११ नवलपुरस्थित शहिद स्मारक स्थापनको २५ वर्ष पुगेको रजत जयन्तीको अबसरमा आयोजित समारोहलाई संबोधन गर्दै प्रजातान्त्रिक आन्दोलनका शहीदको सम्झनामा एउटा ठूलो ढुङ्गामा कुँदिएको भक्ति थापालगायत अन्य १२ शहीदको आकृति रहेको शहीद स्मारक स्थापना भएको र अब त्यो पर्यटन गन्तव्य रहेको बताए ।
शहीद स्मारक विकास समिति अध्यक्ष समेत रहेको मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा राष्ट्रको गौरव आयोजनाको छनोट गरी कार्यान्वयन गर्दै हेटौंँडा–काठमाडौं सुरुङ मार्ग, काठमाडौं–निजगढ द्रुतमार्ग र हेटौंडा–कुलेखानी हुँदै काठमाडौं जोड्ने मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता दिन अनुगमन शुरु गरिसकेको पनि जानकारी दिए ।
बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपालले प्रदेशमा कृषि, पर्यटन र उद्योग क्षेत्रमा दिगो विकास गर्न ११९ स्थानीय तहमा रु एक अर्ब ६५ करोड विनियोजन गरिएको, मकवानपुरको इन्द्रसरोवर, दोलखाको गौरीशङ्कर हिमाललगायत अन्य क्षेत्रमा दिगो पर्यटन विकासका लागि गुरुयोजना तर्जुमा भएको र पर्यटकलाई विभिन्न स्थानको भ्रमण गराउने लक्ष्य रहेको जानकारी दिए ।
बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जनताप्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्दै प्रदेशमा औद्योगिक क्षेत्रको विस्तार, पर्यटनको गुरुयोजना, ऊर्जा उत्पादन र जनतालाई आत्मनिर्भर हुने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न जोड दिए ।
यो पनि पढ्नुहोस् ।
- आज हेटौंडा आउँदै राष्ट्रिपति विद्यादेवी भण्डारी
- हेटौंडाको सहीद स्मारकमा सेनाको ‘घेरा’, सुरक्षा व्यवस्था कडा
- हेलिकप्टरबाट हेटौंडा आइन् राष्ट्रपति, केहीबेरमै स्मारक पुग्ने
- सहीद स्मारकमा राष्ट्रपतिको १ घण्टा, यस्ता छन् ३ कार्यक्रम
- राष्ट्रपति आउँदा सहीद स्मारकमा यस्तो भयो (फोटो फिचर)
- हेटौंडा आएर राष्ट्रपतिले भनिन्– ‘शहिदको बलिदानलाई भुल्न हुँदैन’
- जब मदनको शालिक अगाडि पुगिन् राष्ट्रपति भण्डारी
