हेलिकप्टरबाट हेटौंडा आइन् राष्ट्रपति, केहीबेरमै स्मारक पुग्ने

तु खबर संवाददाता
२०७६ माघ १४, मंगलवार १३:२०
फाइल तस्बिर

हेटौंडा, १४ माघ । हेटौंडाको सहीद स्मारकमा निर्माण गरिएको प्रजातान्त्रिक पार्कको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकप्टरबाट हेटौंडा आइपुगेकी छिन् ।

प्रदेश प्रहरी कार्यालय, थानाभर्याङमा भण्डारी चढेको हेलिकप्टर ल्याण्ड गरिएको छ । उनी केहीबेरमै सहीद स्मारक पुग्ने छिन् । पार्कको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले पार्कमा निर्माण गरिएका प्रतिमा अनावरण गर्नेछिन् ।

भण्डारी पार्कको उद्घाटन गरेर काठमाडौं फर्किने कार्यक्रम छ । भण्डारी यसअघि पनि स्मारकमा निर्माण गरिएको सहीद स्तम्भको उद्घाटन गर्न आएकी थिइन् ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*