अब नेकपा बैठकमा दुई अध्यक्षको फोटो नराख्ने

तु खबर संवाददाता
२०७६ माघ १९, आईतवार १७:०३
file photo

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अब दुई अध्यक्षको फोटो नराख्ने भएको छ ।

केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि नेकपाको बैठक वा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने निर्णय सुनाएका हुन् ।

केन्द्रीय कमिटी बैठक हलमा अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको फोटो टाँगेर मार्क्स, लेनिन र मनमोहन अधिकारीको फोटो नराखिएको भन्दै केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए । समूहगत छलफलमा समेत यो विषय उठेपछि प्रचण्डले जवाफ दिएका हुन् ।

उनले पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका क्रममा बताएका छन् ।

पार्टीका बैठकहरु नियमित गर्ने र अब कमिकमजोरी हटाएर अघि बढ्ने जवाफ प्रचण्डले दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*