नेकपाको उपाध्यक्ष बामदेव गौतम
काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उपाध्यक्ष बामदेव गौतम बनेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् ।
गत साउन अन्तिम साता बसेको सचिवालय बैठकले विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गर्ने निर्णय गरेको थियो । सो प्रस्ताव स्थायी समिति बैठकले पनि पास गरेको थियो ।
हाल गौतम नेकपाको संगठन विभाग प्रमुख छन् ।
