पशुपतिनाथ माविलाई ४० लाख दिने नेता बानियाँको घोषणा
हेटौंडा, १८ माघ । बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियँले मकवानपुरको मनहरी–४ मसिनेस्थित पशुपतिनाथ माविलाई ४० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
नेता बानियाँले शुक्रबार उक्त विद्यालयमा अभिभावक भेलाको उद्घाटन गर्दै आगामी बर्षको सांसद विकास कोषको ४० लाख रुपैयाँ पशुपतिनाथ माविको ब्याबसायिक भवन निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका हुन् ।
उनले जनप्रतिनिधिले कुनै दल बिशेषको काम भन्दा पनि समाजको हितका लागि काम गर्नुपर्ने भन्दै पशुपतिनाथ माविले पछिल्लो बर्ष धेरै उत्कृष्ठ काम गरेको आफूलाई अनुभूति भएको बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षा, स्वास्थ्य जस्ता बिषयमा सकेसम्म सहयोग गर्ने बताउँदै नेता बानियाँले सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्न शिक्षक, अभिभावक, विद्यार्थी सबै लाग्न आग्रह गरे ।
कार्यक्रममा विद्यालय व्यवस्पाथन कार्यालयका पूर्बअध्यक्ष बालमुकुन्द ढकाल, समाजसेबी उद्धबबहादुर बिष्ट, शिक्षक मनोज चौलागाईलगायतले मनतव्य व्यक्त गरेका थिए ।
भेलामा शिक्षक अभिभावक संघका अध्यक्ष ऋषिराम गौतमले करिब ७० लाख रुपैयाँबराबरको आयब्यय बिवरण प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयलाई जग्गादान गर्ने चन्द्रबहादुर न्यौपाने र निर्मल गौतमलाई प्रमुख अतिथि नेता बानियाँले प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
