राजनीति/ समाज
कांग्रेस मकवानपुरगढी–२ को आयोजनामा चियापान कार्यक्रम
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ ले बडा दशैं, शुभदिपावली, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना भएको छ । कांग्रेस गढी–२ का सभापति रामप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता तथा कांग्रेसम मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो...
गण्डकी प्रदेशमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, शपथ आजै हुने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका छन् । मुख्यमन्त्री पोखरेलले विशवकर्मालाई आज (सोमबार) बिहान विना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । विश्वकर्मा नेपाली कांग्रेसका सांसद हुन । यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा अन्तिममा उनको नाम हटाएर बिन्दुरकुमार थापालाई मन्त्री बनाइएको थियो ।...
‘प्रदेश सरकार र संघीयता खारेज गरौँ’
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बागमती प्रदेशसभा सदस्य रिता माझीले प्रदेश सरकार र संघीयता खारेज गरिनुपर्ने बताएकी छिन् । बागमती प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै तत्कालै प्रदेश सरकार र संघीयता खारेज गरिनुपर्ने माग गरेकी हुन् । सांसद माझीले...
मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु कात्तिक ४ गतेसम्म लम्बियो
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको दोस्रो बैठकमा नेपालको संविधानको १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत लिन प्रस्ताव पेश गरेकी...
विगतको तुलनामा सांस्कृतिक पर्वमा विभेद छैन : मुख्यमन्त्री शाक्य
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विगतको तुलनामा अहिले सांस्कृतिक पर्वमा विभेद नभएको बताएकी छिन् । आइतबार अपराह्न बागमती प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठकमा बडा दशैं, शुभ दिपावली, छठको शुभकामना दिँदै विगतको तुलनामा अहिले एकताबद्ध भएर चाडपर्व मनाउन थालेको बताइन् । उनले विगतको तुलनामा सांस्कृतिक पर्वहरुमा हुने गरेको...
बागमती प्रदेशसभाको नवौं अधिवेशन बैठक सुरु
मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक सुरु भएको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन बैठक बस्न लागेको हो । सो बैठकमा प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी रहेको छ । बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश...
बागमती प्रदेश सरकारमा बानियाँको दावी
मकवानपुर । बागमती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले सरकार गठनका लागि गठबन्धन दलसंग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने...
माधव नेपालले बोलाए आफ्नो पार्टीका मन्त्रीलाई
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बोलाएका छन् । अध्यक्ष नेपालले आज (आइतबार) बिहान ११ बजे बानेश्वरको आलोक नगरस्थित पार्टी कार्यालय बोलाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । अध्यक्ष नेपालले शनिबार पार्टीबाट मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीलाई पनि राम्रो काम गरेर देखाउन...
उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा
काठमाडौं । सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका उनले पदबाट राजीनामा दिने भएका हुन् । ‘मैले आफ्नो...
आज बागमती प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज (आइतबार) बस्दैछ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको नवौं अधिवेशन बैठक आज बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१...









