राजनीति/ समाज

माओवादीको ३२ विभागले पायो पूर्णता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिइएको जनाइएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको जानकारी दिएका...

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी, एमालेको ३ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको छ । बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो । माओवादी केन्द्र आगामी पुस...

कांग्रेसले बाढीपहिरोबाट मुत्यु भएकाहरुको परिवारलाई २५ हजार दिने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएकाहरूको परिवारलाई २५ हजार रूपैयाँ दिने भएको छ । कांग्रेसको बाढीपहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले २५ हजार रुपैयाँ दिने घोषणा गरेको हो । समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतद्वारा जारी विज्ञप्ति मृतकका परिवारलाई राहतस्वरुप २५...

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने भएको हो । सो बैठकमा विधान महाधिवेशनको समिक्षा, कात्तिक ६ गते हुने वडा र ९ गते हुने पालिका अधिवेशनका साथै मंसिरमा हुने राष्ट्रिय महाधिवेशनबारे छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव...

समीकरण मिलाउन बालुवाटारमा बैठक: बागमतीमा इन्द्र कि राजेन्द्र ?

मकवानपुर । बागमती प्रदेशसभाको भोलि बैठक बस्दैछ । बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि तय भएको छ । शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी...

अहिलेको सरकार ढाल्दिउँ भन्ने लाग्यो भने हामीलाई एक हप्ता पनि लाग्दैन– ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहेमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार एक हप्तामै ढल्ने बताएका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकोले उनीहरुलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए...

बाढीपहिरोमा परेर मृत्यु हुनेका परिवारलाई कम्तिमा २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएका परिवारलाई कम्तिमा २ लाख रुपैयाँ दिने गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख रुपैयाँ र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक...

हेर्नुहोस्, प्रदेशसभा बैठक सार्न एमालेले गरेको प्रस्ताव (पत्रसहित)

मकवानपुर । भोलि कात्तिक ४ गते बस्ने बागमती प्रदेश सभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ । भर्खरै लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । एमालेले बैठक ११ गतेका लागि बोलाउनसमेत प्रस्ताव गरेको छ । कात्तिक पहिलो हप्ताभित्र नेकपा...

एमालेको नाटकः कात्तिक ४ गतेको प्रदेशसभा बैठक टार्न पत्र

मकवानपुर । भोलि कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ । लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । बैठक ११ गतेका लागि बोलाउन एमालेले भर्खरै लिखित प्रस्ताव गरेको तु खबर स्रोतले जानकारी दिएको छ ।...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले भोलि विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले भोलि अर्थात कात्तिक ४ गते बिहिबार अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को...