राजनीति/ समाज

बागमती प्रदेशः मुख्यमन्त्री शाक्यको राजीनामा स्वीकृत, नयाँ सरकार गठन गर्न आह्वान

मकवानपुर । प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत गरेका छन् । उनले नयाँ सरकार गठनको लागि आह्वानसमेत गरेका छन् । बिहीबार दिउँसो ३ बजेभित्र आफ्नो दावी पेश गर्न प्रदेशसभामा आवद्ध दलहरुलाई आह्वान गरिएको छ । शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क)...

बागमती प्रदेश : मुख्यमन्त्री शाक्यले दिइन पदबाट राजीनामा

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मख्यमन्त्री शाक्यले आज (बुधबार) बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन् । आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशन चौथो बैठकमा राजीनामा दिने घोषणा गरेकी उनले राजीनामा बुझाएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । मुख्यमन्त्री...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा दिने घोषणा

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् । उनले विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै सहमतिको राजनीतिलाई जीवन्त तुल्याउन नेपालको संविधानको धारा १६९ उपधार १ को...

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (बुधबार) विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाको आज अपराह्न १ बजे बस्ने नवौं अधिवेशनको चौथो बैठकमा विश्वासको मत लिने भएकी हुन् । उनले मुख्यमन्त्री बनेको दुई महिनापछि आज विश्वासको मत लिने भएकी हुन् । त्यसको लागि सबै तयारी पूरा...

विभेद्को मानसिकता अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गरौँ– गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जातीय विभेद्को मानसिकतालाई सदाका लागि अन्त्य गर्दै सिर्जनशील वर्गलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् । दलित अधिकार सुनिश्चितताका लागि जनप्रतिनिधिको भूमिका विषयक दुई दिवसीय दोस्रो राष्ट्रिय सम्मेलनबाट पारित १५ बुँदे घोषणापत्र ग्रहण गर्दै उनले विविधताले भरिपूर्ण नेपाली समाजमा जाति र समुदाय विशेषका आधारमा...

विकास र समृद्धिका लागि एमाले : उपमहासचिव पौडेल

रुपन्देही । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उपमहासचिव पौडेलले देशको विकास र समृद्धि हासिल गर्ने काममा नेकपा एमाले लागेको बताए । उनले विगतको एमाले नेतृत्वको सरकारले राष्ट्रको...

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले...

बागमतीका १२ जिल्लामा एमालेको पालिका अधिवेशन जारी, मकवानपुरमा १३ गते हुने

मकवानपुर । बागमती प्रदेशको १२ वटा जिल्लामा नेकपा एमालेको पालिका अधिवेशन जारी छ । प्रदेशको १३ वटा जिल्लामध्ये मकवानपुर बाहेक अन्य १२ वटा जिल्लामा आजबाट एमालेको पालिका अधिवेशन सुरु भएको हो । मकवानपुरमा भने उद्योग वाणिज्य संघको निर्वाचन र पालिका अधिवेशनको तयारी नपुगेको भन्दै एमाले मकवानपुरले आगामी कात्तिक १३...

मुख्यमन्त्री शाक्यले भोलि विश्वासको मत लिने, सबै तयारी पूरा

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भोलि अर्थात कात्तिक १० गते विश्वासको मत लिने भएको छ । मुुख्यमन्त्री शाक्यले भोलि अपराह्न बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवलायले जनाएको छ । त्यसको लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए ।...

हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली

दमक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हुलाकी सडकले पूर्णता...