बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा पदबाट राजीनामा दिने घोषणा
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज अपराह्न बसेको प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकमा पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
उनले विश्वासको मत लिने सन्दर्भमा सम्बोधन गर्दै सहमतिको राजनीतिलाई जीवन्त तुल्याउन नेपालको संविधानको धारा १६९ उपधार १ को (क) बमोजिम पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष आजै राजीनामा दिने घोषणा गरेकी हुन् । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालको लागि स्थगित भएको जानकारी दिए ।
