राजनीति/ समाज

मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीआचार्यले शुक्रबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् । उक्त प्रस्तावमाथि आगामी आईतबार मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको...

एमालेको १० औं अधिवेशन चितवनमा हुने

काठमाडौं । नेकपा एमालेको मंसिर १० गतेदेखि १२ गतेसम्म हुने १० औं महाधिवेशन चितवनमा हुने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले उक्त महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण विष्टले जानकारी दिए । उनका अनुसार, महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ ।...

बागमती प्रदेशसभाको बैठक कात्तिक १० गतेसम्म स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको अर्को बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । उक्त बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि थप छलफल हुने सभामुख श्रेष्ठले बताए । आज...

‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो’

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्र्टीका बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् । मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिइसक्नुपर्नेमा ३९ दिन भइसकेको बताए । मुख्यमन्त्रीमा...

‘एमालेको सरकारले भ्रमको खेती गर्यो, गरिब जनताको खाना, नाना र छाना कहाँ पुग्यो ?’

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाएका छन् । आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता बानियाँले वर्तमान सरकारले करिब साढे ३ बर्षे कार्यकालमा गरिब जनताको लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै...

‘सत्ताधारी दलको मात्रै जनमत, हाम्रो चाँही सालको पात ?’

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराज जम्कट्टेलले नेकपा एमालेले दम्भ र अहंकार मात्रै प्रदर्शन गरेकोले सर्वोच्च अदालतले गलहत्याएर निकालेको टिप्पणी गरेका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सत्ताधारी एमालेले आफुहरुमात्रै जनमत प्राप्त दल भएको भन्दै अहंकार प्रदर्शन गर्नु गलत भएको बताए ।...

एमाले नेतृत्वको सरकारले जनहितका धेरै काम गरेको छ – मुख्यमन्त्री शाक्य

मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बैठक सुरु भएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक प्रारम्भ गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्नको लागि एमाले नेतृत्वको सरकारले करिब साँढे ३ बर्षको कार्यकालमा गरेको कामको समिक्षा...

बागमती प्रदेशसभाको बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज अपराह्नमा सुरु भएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बोहराले विश्वासको मत लिने कार्यसूचि छ । मुख्यमन्त्री शाक्यले गएको असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १४३ को उपनियम...

बागमती प्रदेशमा बानियाँ र पाण्डे आधा–आधा समय मुख्यमन्त्री बन्ने

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको...

बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे मात्रै सुरु हुने

मकवानपुर । बागमती प्रदेशसभाको आज बिहिबार दिउँसो १ बजेको लागि तय भएको बैठक सभामुख सानुकुमार श्रेष्ठको निर्देशनअनुसार दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिएका छन् । सभामुखज्यूले विशेष कारण देखाउँदै ३ बजेको लागि बैठक सार्न निर्देशन दिनुभएको छ, त्यही अनुसार हामीले तयारी अघि...