सिंहदरबारमा गोली चल्यो

तु खबर संवाददाता
२०७८ कार्तिक १०,बुधबार १८:२४

काठमाडौँ । बुधबार सिंह दरबारमा गोली चलेको छ । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको छ । दाहालको पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोल चेकजाँच गर्ने क्रममा एकाएक पड्किन पुगेको थियो । गोली चलेपनि कुनै क्षति नभएको जनाइएको छ ।

महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा एकाएक गोली निस्केर पड्किन पुगेको थियो । पेस्तोलबाट निस्किएको गोली भित्तामा लागेको थियो । प्रहरीले मानवीय त्रुटिका कारण पेस्तोलबाट गोली निस्किएको भएपनि मानवीय क्षति नभएको बताएको छ ।