राजनीति/ समाज

डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु : प्रचण्ड

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई विस्तार गरी...

एमाले महाधिवेशन : पदाधिकारी थपेर सहमतिको प्रयास

चितवन । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनबाट पारित विधानमा गए राति चितवनको सौराहामा भएको केन्द्रीय कमिटीको अन्तिम बैठकले पद सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रमा पेश गर्ने निर्णय गरेको हो । एमाले केन्द्रीय...

एमालेको बन्दसत्र आज

काठमाडौँ । नेकपा एमालेको दसौँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्दसत्र सुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उद्घाटन भएको दसौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहान १० बजे बन्दसत्र उद्घाटन हुने बताए । ‘बिहान...

नेकपा माओवादी केन्द्र थाहा नगरको सम्मेलन आज हुँदै

मकवानपुर । नेकपा माओवादी केन्द्रले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको जनाइएको छ । मकवानपुरमा भने आज थाहा नगरपालिकाको मात्रै सम्मेलन हुने माओवादी केन्द्रका नेता कमानसिं पाख्रिन (पृथक)ले जानकारी दिएका...

एमाले केन्दीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । दुईसय पच्चिस सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर...

बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँको उम्मेदवारी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आसन्न मंसिर १६ र १७ गते हुने हेटौंडामा हुने प्रदेश अधिवेशनमा आफ्नो उम्मेदवारी सभापति पदमा रहने बताएका छन् । कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्न प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको...

माओवादी मकवानपुरको १० औं स्थानीय तहको सम्मेलन मंसिर १३ मा

मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठक शक्रबार सम्पन्न भएको छ । पार्टी मकवानपुर जिल्ला इञ्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवम् पार्टी जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको सभाध्यक्षतामा बैठक बसेको हो । बैठकले पार्टी केन्द्रले गरेको सर्कुलरअनुसार मंसिर...

चुनावको तयारीमा जुट्छौं : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताएका छन् । नारायणी नदी किनारमा आयोजित एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उनले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई त्यसबेला अन्य दलले स्वीकार नगरे पनि अब चाँडै...

सबै दलहरुबीच संवाद र सहकार्य गर्न आवश्यक : प्रधानमन्त्री देउवा

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र जनतासँग जोडिएका मूल मुद्दामा सबै दलहरुबीच संवाद र सहकार्य गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार चितवनमा भएको नेकपा एमालेको १० औं महाधिवेशको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दलहरुबीचको विमतिलाई संविधानले निर्धारण गरेको विधिबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । ‘देश र...

एमाले अनुशासित र एकताबद्ध पार्टी : नेता थापा

भरतपुर । नेकपा (एमाले) नेता तथा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापाले एमाले सबैभन्दा ठूलो, अनुशासित र एकताबद्ध पार्टी भएको बताएका छन् । चितवनमा आजदेखि सुरु भएको एमालेको दसौँ महाधिवेशनमा आएका प्रतिनिधि तथा पाहुनालाई स्वागत गर्दै उनले पार्टी विधान महाधिवेशनले त्यसलाई पुष्टि गरेको बताए । महाधिवेशनपछि जनताको बहुदलीय...