राजनीति/ समाज

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा । नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो । सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१),...

प्रधानमन्त्री देउवासँग बारका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताले सर्वोच्च अदालतको विवादबारे ध्यानाकर्षण गराउँदै निकासका लागि पहल गरिदिन आग्रहसहित ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा बारका पदाधिकारीले न्यायपालिकाका विकृति र विसङ्गतिका विरुद्धमा आफूहरुले गरिरहेको आन्दोलनका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको बारका अध्यक्ष चण्डेश्वर...

एमाले महाधिवेशन : स्वास्थ्य परीक्षणपछि मात्रै बन्दसत्रमा प्रवेश

भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो । एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको...

आजदेखि ४२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा आज (शुक्रबार) जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा आज जिल्ला अधिवेशन गर्ने महाधिवेशन कार्यतालिकामा उल्लेख छ । प्रदेश नम्वर २ का ७ जिल्लाबाहेक बाँकी जिल्लामा आजदेखि जिल्ला...

एमालेको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । चितवनको नारायणी किनारामा हुने महाधिवेशनको उद्घाटन आज दिउँसो १२ बजेपछि पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको नेकपा एमाले जनाएको छ ।महाधिवेशन उद्घाटन अघि विभिन्न स्थानबाट जुलूस निस्किने छन् । ती जुलूस...

राप्रपाका अध्यक्षमा लिङ्देन र महामन्त्रीमा राणाको उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता राजेन्द्र लिङ्देनले पार्टीको आसन्न एकता महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आम नागरिकको भावनालाई प्रतिविम्बित हुनेगरी राजनीतिक गतिविधि सञ्चालन गरी पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गराउन आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी...

सर्वोच्चमा मंसिर १५ बाट गोलाप्रथा लागू गर्ने पूर्ण बैठकको निर्णय

काठमाडौं । सर्वोच्च अदालतमा यही मंसिर १५ गतेदेखि गोलाप्रथा विधिबाट मुद्दाको पेसी तोकिने भएको छ । आज (बिहिबार) बसेको अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले करिब एक सातको समय राखेर गोलाप्रथा विधिबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । उनका अनुसार, अपराह्न बसेको...

सुरक्षा निकायको क्षमता अभिवृद्धि सरकारको विशेष प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धिलाई सरकारले विशेष प्राथमिकता दिएको बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानद्वारा काठमाडौँमा आज आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षा निकायलाई सबल बनाउन सके मात्रै मुलुक र नागरिकको सुरक्षा...

सकेसम्म सहमतिमा नै नेतृत्व चयन गरौं : नेता थापा

चितवन । नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापाले पार्टीको १० औँ महाधिवेशनले सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने बताएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजकसमेत रहेका नेता थापाले यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै सहमति हुन नसके निर्वाचन प्रक्रियाबाट अघि बढ्ने बताएका हुन् । उनले भने, “१० औँ महाधिवेशनले...

कांग्रेस काठमाडौँ क्षेत्र नं १० का सभापतिमा महर्जन विजयी

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १० को सभापतिमा पुकार महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत सम्पन्न क्षेत्रीय अधिवेशनमा प्रदेश सांसदसमेत रहेका उनले ३२० मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा हरिबहादुर महर्जन २९६, राजु खत्री २५३, सहसचिवमा मिलन विष्ट २२९ र शिशिर महर्जनले २२६ मत प्राप्त गरी...