राजनीति/ समाज

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छ : गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् । कांग्रेसको रुपन्देही जिल्ला सभापतिमा रामकृष्ण खाण सर्वसम्मत चयन भएपछि शनिबार घोषणासभामा बोल्दै उनले कांग्रेस बलियो भयो भने मात्र संविधान कार्यान्वयन सफल हुने...

आन्तरिक लोकतन्त्रलाई सुदृढ र सशक्त बनाउँदै कांग्रेस

चितवन । नेपाली कांग्रेसको आसन्न महाधिवेशन नजिकिएसँगै सामाजिक सञ्जालमा पार्टीका नेता र कार्यकर्ताले आफ्नै पार्टीका नेता र कार्यकर्ताका बारेमा सटिक टिप्पणी गर्न थालेका छन् । जिल्ला तथा प्रदेश तहका अधिवेशनबाट विजेतालाई अबिर, माला र खादाले स्वागत र सम्मानका अभिव्यक्तिले सामाजिक सञ्जाल ‘भाइरल’ नै भइरेहका छन् । निर्वाचन पराजित भएको...

मुख्यमन्त्री शाहीले विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने

कर्णाली । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मङ्सिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले मङ्सिर १ गते प्रदेशसभा सचिवालयमार्फत बैठकको आह्वान गरिसकेको छ । निवर्तमान मुख्यमन्त्री...

विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा ९५ जना प्रवेश

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ६ नम्वर वडाको सम्मेलनमा एमालेसहित विभिन्न पार्टी परित्याग गरी सात दर्जन बढी माओवादीमा प्रवेश गरेका छन् । कार्यक्रममा नेकपा एमालेसहित विभिन्न पार्टी परित्याग गरी कमल सापकोटा, सुमित्रा मिजार, जीवन स्याङ्तान, लालबहादुर मगर, प्रकृति मानन्धर, सिताराम राई लगायत ९५ जना माओवादी केन्द्रमा प्रवेश...

एक वर्षमा माओवादी पहिलो पार्टी : शिक्षामन्त्री पौडेल

बलेवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अबको एक वर्षमा माओवादी केन्द्र देशकै पहिलो र ठूलो पार्टी बन्ने बताएका छन् । विगतका केही वर्षमा पार्टी आन्तरिक समस्यामा अल्झेको भन्दै पौडेलले पार्टीभित्रका समस्याको समीक्षा गरेर सङ्गठन बिस्तारमा...

माओवादी हेटौंडा–६ को अध्यक्षमा सापकोटा

मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका–६ को अध्यक्षमा दिपक सापकोटा चयन भएका छन् । शनिबार भएको वडा सम्मेलनले सापकोटाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा अनुराधा कोईराला, सचिवमा शोभा घिमिरे, कोषाध्यक्षमा निलाम्बर सापकोटा, सहसचिवमा सुमन लामा लगायत रहेका छन् । नेकपा माओवादी केन्द्र...

कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यकः नेता सिंह

काठमाडौँ ।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् । “पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट...

एमाले महाधिवेशनः बन्दसत्र सुरु

भरतपुर । नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिससकेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र सुरु...

भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गछौँ : मन्त्री श्रेष्ठ

भक्तपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले आगामी पुस महिनासम्ममा भूमिहीन सुकुम्बासी र लालपूर्जाविहीन स्वबासीको समस्या समाधान गर्ने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीको प्रथम नगर अधिवेशनको आज उद्घाटन गर्दै उनले यसका लागि कार्ययोजना बनिसकेको र कार्यविधि बन्दै गरेकाले अब भूमिहीनको समस्या संधैका...

कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन : अध्यक्ष यादव

चितवन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे त्यो स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका हुन् । अध्यक्ष यादवले सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको...