राप्रपाको महाधिवेशन आजबाट सुरु

तु खबर संवाददाता
२०७८ मंसिर १५,बुधबार ०८:४९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौँमा सुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हुन लागेको हो । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको राप्रपा नेतृ कुन्ती शाहीले जानकारी दिइन् । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका छन् ।

लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गर्ने घोषणा गरिसकेका छन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताएका छन् । लिङ्देनको साथ लोहनीसँगै डा.धवलशमशेर राणापनि रहेका छन् । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ । आगामी तीन दिनसम्म काठमाडौँमा संचालन हुने महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ ।