राजनीति/ समाज

कांग्रेस प्रदेश अधिवेशन : ४६८ मत गणना, २२७ मतले इन्द्र बानियाँ अगाडि

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले २ सय २७ मत ल्याएर लिड गरिरहेका छन् । केहीबेर अघि वन विज्ञान अध्ययन संस्थानभित्र मतगणना भइरहेको छ । सो मतगणनाको परिणाम अनुसार, बानियाँले लिड गरिरहेका छन् । कूल ४ सय ६८ मत गणना हुँदा बानियाँको २ सय २७, जगदिश्वर...

जसपा नेता प्रेम तामाङद्वारा कांग्रेस अधिवेशनमा मतदान

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको निर्वाचनमा अनौठो दृश्य देखिएको छ । त्यो दृश्य के भने जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य रहेका प्रेम तामाङले नेपाली कांग्रेसको प्रदेश अधिवेशनका क्रममा हेटौंडामा भइरहेको मतदानमा मत हालेका छन् । रसुवाबाट ६५ जना प्रतिनिधि रहेकोमा एक जना अञ्जना तामाङ मतदानमा अनुपस्थित छिन्...

कांग्रेस बागमती प्रदेश निर्वाचन: ६१ प्रतिशतले गरे मतदान

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार जारी मतदानमा हालसम्म ६१.६२ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् । कूल २ हजार १ सय ५० जना मतदाता रहेकोमा १ हजार ३ सय २५ जनाले मतदान गरिसकेको प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् । तोकिएभन्दा ६...

संविधान संशोधन गर्न हामी लागि परेका छौँ – बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबै उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नका लागि आफ्नो पार्टी संविधान संशोधन गर्ने एजेन्डामा लागि परेको बताए । शनिबार काठमाडौँमा आयोजित एक...

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज शुभारम्भ गर्दै उनले वर्षौदेखि अव्यवस्थित बसोबासीका रुपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री श्रेष्ठले श्रम तथा...

गण्डकी प्रदेश अधिवेशनमा रामचन्द्र पौडेलले गरे मतदान

काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश अधिवेशनमा मतदान गरेका छन् । उनले मतदानस्थल पोखराको प्रदर्शनी केन्द्र पुगेर मतदान गरेका हुन् । मतदानपश्चात उनले मतदान गर्दा आत्मा साक्षी राखेर पार्टी रूपान्तरण गर्न सक्ने उम्मेदवार खोजी–खोजी मतदान गरेको बताएका छन् । गण्डकी सभापतिमा बरिष्ठ नेता पौडेल समूहबाट...

राजनीतिक दलहरुबीच सहमति नभई एमसीसीबारे संसदले निर्णय गर्दैन : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक दलहरुबीच सहमति नभई एमसीसीबारे संसद्ले निर्णय लिने अवस्था नरहेको बताएका छन् । शनिबार पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष दाहालले दलहरुबीच आपसी सहमति र समझदारीबिना नै संसदले एमसीसीबारे निर्णय नलिने बताएका हुन्...

कांग्रेसको बागमती प्रदेश अधिवेशन: सभापतिका उम्मेदवार बानियाँले गरे मतदान

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी मतदानमा प्रदेश सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । मकवानपुर सभापति एवम् संसदीय दलका नेतासमेत रहेका बानियाँले निर्वाचन सुरु...

कांग्रेसको बागमती प्रदेश अधिवेशन: मतदान सुरु

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत बागमती प्रदेश अधिवेशन हेटौंडामा जारी छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भर्खरै मतदान सुरु भएको हो ।  कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि...

कांग्रेस अधिवेशन : मतदान अधिकृतद्वारा राजीनामा

महोत्तरी । नेपाली कांग्रेस महोत्तरी निर्वाचन क्षेत्र नम्वर ३ का क्षेत्रीय अधिवेशनका मतदान अधिकृत धिरेन्द्र मण्डलले राजनीनामा दिएका छन् । उनले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिकरुपमा प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै उनले आपत्ति जनाउँदै राजीनामा दिएका हुन् । गत मंसिर १५ मा सहमतिमार्फत...