कोरोना संक्रमणबाट हेटौंडाकी एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार १४:४७
filr-photo

मकवानपुर । हेटौंडामा कोरोना संक्रमणका कारण हेटौंडाकी एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ र्की ६३ वर्षीया महिलाको मृत्यु भएको हो । उनको आज बिहानमा उपचारको क्रममा हेटौंडा अस्पतलामा मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज प्रशान्त बिडारीले जानकारी दिए ।

उनका अनुसार, चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । मृतक महिलाले कोरोना संक्रमणविरुद्ध दोप पनि लगाएका थिए । उनले कारोना सङ्क्रमण हुुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।