राजनीति/ समाज
नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : माधव नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने...
‘राष्ट्र प्रमुख राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था गरौँ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था र जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् । ‘अब देशका राष्ट्र...
नेपालका राजनीतिक पार्टी भनेको एमाले र कांग्रेस मात्रै हो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका राजनीतिक पार्टी भनेका नेकपा एमाले र नेपाली कांग्रेस मात्र भएको बताएका छन् । शुक्रबार नेकपा एमाले बागमती प्रदेश कमिटीले १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । उनले भने, ‘वास्तवमा...
हृदयेश त्रिपाठी नयाँ पार्टी घोषणा गर्दै
काठमाडौं । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले यही मङ्सिर २८ गते एक कार्यक्रमबीच जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने भएका हुन् । अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी...
कांग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । महाधिवेशनको आज पहिलो दिन भृकुटीमण्डलमा दिउँसो १ बजे उद्घाटन हुनेछ । उद्घाटको लागि सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयका सचिव डा.प्रदीप पराजुलीले जानकारी दिए । उनका अनुसार, उद्घाटनका लागि भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च...
हेटौंडामा युवा संघको सन्देशसभा हुँदै
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल हेटौँडा उपमहानगरपालिका कमिटीले हेटौंडामा आज सन्देश सभा गर्दैछ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको सन्देश दिने उद्देश्यले सभाको आयोजना गर्न लागिएको युवा संघका हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष राजेश नगरकोटीले बताए । एमालेको महाधिवेशनले पारित गरेको घोषणापत्रको विषयमा आम युवा...
चेपाङ समुदायकै पहिलो मन्त्री बन्दै सन्तबहादुर
मकवानपुर । बागमती प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, चेपाङ समुदायकै पहिलो मन्त्री बन्ने भएका छन् । उनलाई उनको संसदीय दल नेपाली कांग्रेसले राज्यमन्त्री बनाउन लागेको हो । यसअघि उनलाई पार्टीले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद् बनाएका थियो। चेपाङ समुदायबाट यसअघि मकवानपुरका गोबिन्दराम चेपाङ संविधानसभा सदस्य थिए । चेपाङ समुदायबाट सन्त नै...
अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले २०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ हुने बताएका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थापाले अब कांग्रेसको कार्यदिशा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ हुने बताएका हुन् । उनले कांग्रेसको महामन्त्री कुर्सीमा मात्र बस्ने नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक...
माओवादी केन्द्रको प्रदेश पदाधिकारी संख्या ९ पुग्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी समितिको बैठकले पदाधिकारी संख्या ७ बाट बढाएर ९ पुर्याउने निर्णय गरेको हो । अब माओवादी केन्द्रको प्रदेश समितिमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् । यस्तै, बैठकले प्रदेश समितिको...
कांग्रेस महाधिवेशन : बागमती प्रदेशबाट देउवा समूहका ३८ जनाले उम्मेदवारी दिने
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेनमा बागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषण गरेका छन् । पार्टीको महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदका लागि बागमती प्रदेशबाट ३८ जनाको उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षबाट महामन्त्रीमा डा. प्रकाशशरण महत,...










