नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा श्रेष्ठ
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन् । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा श्रेष्ठलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए ।
त्यस्तै, सो बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतक पनि चयन गरेको छ । बैठकले राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी गत भदौ २ मा एमालेबाट विभाजन भएर बनेको हो ।
