अनेम संघ (समाजवादी) को बागमती प्रदेश अध्यक्षमा सिग्देल

तु खबर संवाददाता
२०७८ मंसिर २८, मंगलवार ०८:३३
file-photo

मकवानपुर । अखिल नेपाल महिला संघ (समाजवादी) को बागमती प्रदेश कमिटी अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल चयन भएकी छन् । संघको सोमबारकाठमाडौंमा बसेको बैठकले सिग्देलको अध्यक्षतामा १५१ सदसीय प्रदेश कमिटी घोषणा गरेको हो ।

घोषित प्रदेश कमिटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र कोषाध्यक्षमा पार्वती सिलवाल रहेका छन् । अनेमसंघले सोमबार काठमाडौंमा बसेको बैठकमा कमिटीको सपथ ग्रहण गरिएको थियो । बैठकमा अनेमसंघ (समाजवादी) को अध्यक्ष एवं नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्ष जयन्ती राईले सदस्यलाई सपथ गराएका थिए ।