कांग्रेस मतदानका लागि ४ घण्टा समय थप

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार १७:४०
file-photo

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि जारी मतदानको लागि समय थप गरिएको छ । मतदानको लागि ४ घण्टा समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको हो ।

मतदानस्थल राष्ट्रियसभा गृह र भृकुटीमण्डप क्षेत्रमा मतदान अवधि थप गरिएको भनी माइकिङ गरिएको छ । यसअघि निर्वाचन समितिले विहान ८ देखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकेको थियो । तर, मतदान तोकिएको भन्दा केही घण्टा दिला सुरु भएको थियो । अपरान्ह ५ बजेसम्म १ हजार ९ सय ९३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

मतदानका लागि भृकुटीमण्डप र राष्ट्रियसभामा मतदान केन्द्र तोकिएको छ । कांग्रेसको नयाँ केन्द्रीय समितिको पदाधिकारी र सदस्य चयनका लागि ४ हजार ७ सय २३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । पार्टीको एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्रीसहित १३४ पदमा निर्वाचित हुनेछन् ।