राजनीति/ समाज

कांग्रेस सभापतिमा पुनः मतदान हुने

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि पुनः मतदान हुने भएको छ । कांग्रेसको विधानअनुसार सभापति पदमा ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । मंगलबार बिहान सकिएको मतगणनामा सभापतिको लागि कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत प्राप्त नभएपछि पुनः मतदान हुने भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ...

अनेम संघ (समाजवादी) को बागमती प्रदेश अध्यक्षमा सिग्देल

मकवानपुर । अखिल नेपाल महिला संघ (समाजवादी) को बागमती प्रदेश कमिटी अध्यक्षमा मकवानपुरकी मुनु सिग्देल चयन भएकी छन् । संघको सोमबारकाठमाडौंमा बसेको बैठकले सिग्देलको अध्यक्षतामा १५१ सदसीय प्रदेश कमिटी घोषणा गरेको हो । घोषित प्रदेश कमिटीकोे उपाध्यक्षमा शान्ता पौडेल र कमला श्रेष्ठ, सचिवमा सङिता पाख्रिन, उपसचिवमा शान्ता पाख्रिन र...

आज संसद बैठक बस्दै, ५ अध्यादेश पेश हुने

मकवानपुर । आज (मंगलबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । सो बैटकमा ५वटा अध्यादेश पेश हुने भएको संसद सचिवालयले जनाएको छ । सचिवालयले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यक्रममा ५ वटा अध्यादेश पेश गर्ने उल्लेख रहेको छ । बैठकमा शुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति...

कांग्रेस मतगणना : ३१७७ मत खस्यो, कस्को कति ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति पदका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ । हालसम्म ३१७७ मत गणना भएको छ, जसमा देउवाले १५०० मत कटाएका छन् । उनले १५०७ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११६४...

कांग्रेस मतदानका लागि ४ घण्टा समय थप

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि जारी मतदानको लागि समय थप गरिएको छ । मतदानको लागि ४ घण्टा समय थप गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यसअघि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकामा ४ घण्टा थप गरिएको हो । मतदानस्थल राष्ट्रियसभा गृह...

माओेवादीको बागमती प्रदेश समितिमा मकवानपुरका १९ जना (सूचीसहित)

मकवानपुर । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबारबाट काठमाडौंमा सुरू भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । सम्मेलनले २ सय ७५ जनाको प्रदेश समिति सर्वसम्मत रुपमा चयन गरेको छ । जसमा मकवानपुरका १९ जना चयन भएका छन् । कमिटीको पदाधिकारी भने टुङ्गो...

कांग्रेस महाधिवेशन : ११०० मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि सोमबार मतदान भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ बजेसम्म १ हजार एक सय जना प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । कांग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७...

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा श्रेष्ठ

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन भएका छन् । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा श्रेष्ठलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए । त्यस्तै, सो बैठकले पार्टीका तर्फबाट राष्ट्रियसभा संसदीय  दलको प्रमुख सचेतक...

कांग्रेस महाधिवेशन : २ बजेसम्म ६०० मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनको लागि सोमबार मतदान भइरहेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म ६०० प्रतिनिधिले मतदान गरेको केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । कांग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका...

कांग्रेस महाधिवेन: नयाँ नेतृत्व चुन्न मतदान सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदानका लागि व्यवस्था मिलाइएको छ । ती मतदान केन्द्रहरुमा भोट खसाल्न प्रतिनिधिहरु लामबद्ध भएका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् । राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय...