राजनीति/ समाज

हृदयेश त्रिपाठीले गठन गरे जनता प्रगतिशील पार्टी

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका छन् । त्रिपाठीले मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेकोघोषण गरेका हुन् । उनले अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने बताए । अहिले देशमा वैचारिक बहस शून्य रहेको र वर्तमान अवस्थामा राज्यका...

बागमती प्रदेश सरकार विस्तारः को– को भए मन्त्री ?

मकवानपुर । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले  नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ५ जना मन्त्री र १ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमश श्रम रोजगार तथा यातायातमन्त्रीमा घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन...

कांग्रेस सभापतिका लागि पुनः मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा साढे ३ बजेदेखि मतदान सुरु भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैको पक्षमा पनि बहुमत नआएपछि शीर्ष मत ल्याउने दुई उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः...

देउवालाई गुरुङले पनि समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका प्रत्यासी शेरबहादुर देउवालाई सभापतिकै अर्का प्रत्यासी कल्याण गुरुङले पनि समर्थन गर्ने भएका छन् । पहिलो चरणको निर्वाचनमा गुरुङले २२ मत प्राप्त गरेका थिए । उनले आफ्ना मतदातासँग मंगलबार बिहान छलफल गरी पार्टीभित्र सहमतिको वातावरण निर्माण गर्न सभापतिमा देउवालाई समर्थन गर्ने...

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: को– को छन् मन्त्रीको चर्चामा ?

मकवानपुर । बागमती सरकार गठन भएको महिनौँपछि आज मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सरकार विस्तार गर्दैछन् । आज नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबाट ५ जना मन्त्री र १ राज्यमन्त्री नियुक्त हुने स्रोतले बताएको छ । माओवादीबाट विशाल खड्का, घनस्याम दाहाल र रत्न ढकालको नाम मन्त्री बन्ने चर्चामा छ...

बागमती प्रदेशः ५ मन्त्री र एक राज्यमन्त्री थपिँदै

मकवानपुर । बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज ५ जना मन्त्री र १ जना राज्यमन्त्री थप गर्दैछन् । नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री तथा एक राज्यमन्त्री थप हुनेछन् । स्रोतका अनुसार नेकपा माओवादी...

विमलेन्द्र निधिले पनि देउवालाई सघाउने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सभापति पदको दोस्रो चरणको मतदानमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । पहिलो चरणमा धेरै मत ल्याएका दुई उम्मेदवार देउवा र शेखर कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदैछ । साढे ३ बजेदेखि मतदान सुरु हुने निर्वाचन...

दोस्रो चरणको मतदानमा प्रकाशमानले देउवालाई समर्थन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं...

देउवाले पाए ४८.२३ प्रतिशत मत

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सभापति पदको लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार सभापति पदमा देउवाले ४८.२३...

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनमा सभापतिमा पदमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा...