राजनीति/ समाज

प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् – ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता पैदा गराउन सबैभन्दा ठूलो हात प्रचण्डको भएको बताएका छन् । पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डलाई अस्थिरताको संवाहक भन्दै आरोप लगाए । उनले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि...

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले लिए सपथ

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज पद र गोपनियताको सपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा...

नेपाल विवेकशील पार्टीद्वारा कार्कीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

मकवानपुर । नेपाल विवेकशील पार्टीका अभियान तथा सञ्जाल सचिव शशिबिक्रम कार्कीमाथि अज्ञात समूहबाट भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषिउपर कारबाहीको माग गरिएको छ । बुधबार नेपाल विवेकशील पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै कार्कीमाथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाहीको दायरमा ल्याउन माग गरेका हुन् । विज्ञप्तिमा...

एमालेले देशलाई अस्थिरतामा धकेल्यो – रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास नेकपा एमालेबाट भइरहेको बताएका छन् । समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको र राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलाप एमालेले गरिरहेको भन्दै उनले त्यस विषयमा सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण पनि गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...

एमालेका मनोनित ४४ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको आज (बुधबार) शपथ ग्रहण हुँदैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि...

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाट

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आज (बुधबार) बाट सुरु हुने भएको छ । पदाधिकारी र सदस्यहरुको मतगणना आज अपराह्नबाट सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार, आगामी पुस ५ गतेभित्र सबै मत परिणाम सार्वजनिक हुनेछ ।...

देउवाको जितसँगै कांग्रेस थप सुदृढ बन्नेछ: गृहमन्त्री खाँण

काठमाठौँ । गृहमन्त्री बालकृष्ण खाँणले कांग्रेस सभापति पदमा शेरबहादुर देउवाले जितले कांग्रेस थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । खाँणले प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने बताए । सभापतिको मत परिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले देउवामा सबैलाई मिलाएर लैजाने विषेश क्षमता रहेकाले पार्टी...

नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत...

बागमती प्रदेशः नवनियुक्त मन्त्रीहरुले लिए सपथ

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्री र एक राज्यमन्त्रीले आज साँझ पद र गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल, खानेपानी उर्जा तथा सिंचाईमन्त्रीमा बसन्तकुमार मानन्धर, कृषि तथा पशुपन्छीमन्त्री बसुन्धरा हुँमागाई, वन तथा वातावरणमन्त्री विशाल खड्का, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद...

उपत्यका विशेष प्रदेश उपाध्यक्षमा प्रचण्डका सुरक्षा प्रमुख पाण्डे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा प्रमुख रहेका प्रकाशचन्द्र पाण्डे (प्रलोक) माओवादीको उपत्यका विशेष प्रदेश समितिको उपाध्यक्ष पदमा चयन भएका हालै सम्पन्न प्रदेश सम्मेलनबाट उपाध्यक्षमा पाण्डे चुनिएका हुन् । नेकपा माओवादी केन्द्रको पार्टी संगठनात्मक संरचना अनुसार ७ भौगोलिक र २ गैर– भौगोलिक...