बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो ।
प्रधानमन्त्री देउवाले संसद्मा जारी अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । सर्वदलीय बैठकअघि बालुवाटारमा एमसीसीका विषयमा सत्ता गठबन्धनमा छलफल भएको थियो ।
सत्ता गठबन्धनमा रहेका दलहरुमध्ये नेपाली कांग्रेस एमसीसी सम्झौता पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरु भने सम्झौता परिमार्जन गर्नुपर्ने पक्षमा उभिएका छन् । सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले भने उपस्थित भएको छैन ।
