राजनीति/ समाज
मन्त्री रिजालले बुझाए देउवालाई राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा पराति भएका डा. मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । रिजालले बिहिबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले कांग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताए । शेखर...
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गत आइतबार सम्पन्न कँंग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै थापा र शर्मा महामन्त्रीमा विजयी भएका...
कांग्रेस महामन्त्री मतगणना : ३१२० मत गन्दा गगन थापाको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बिहिबारबाट सुरु भएको महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार ३ हजार ४२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २ हजार २२७ मत प्राप्त गरेका छन् । यस्तै, विश्वप्रकाशले १ हजार ३७६ मत पाएका छन् । महामन्त्री पदका अरु उम्मेदवार...
रक्षामन्त्री रिजालले पदबाट राजीनामा दिने
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२०...
कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ उपभापतिमा निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचन समितिका अनुसार खड्काले २ हजार १२१...
कांग्रेस उपसभापति पदको मतगणना सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो । उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार...
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा केसी
काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा बिमला केसी चयन भएकी छिन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो...
आज कांग्रेस उपसभापति पदको मात्र मतगणना हुने
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मात्र मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनको भनाई छ । कांग्रेसमा सभापति पदको नतिजा...
‘देउवामा पार्टीलाई एक बनाएर अघि बढाउने खुबी छ’
काठमाडौं । नेपाली कांग्रेसमा नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबी रहेको बताएका छन् । बुधबार नवनिर्वाचिथ पार्टी सभापति देउवालाई बधाई दिन प्रधानमन्त्री निवास पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने खुबीका कारण सभापतिमा जितेको बताएका...
पुस ४ देखि बालबालिकालाई पनि खोप लगाउँछौँ: मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकाहरुलाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने उनको भनाई छ । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने...









