कांग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मतपरिणाम सार्वजनिक, को–को भए विजयी ?

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार ०८:३०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) को मतपरिणाम सार्वजनिक भइसकेको छ ।पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणनाअनुसार, केन्द्रीय सदस्यको खुला महिलातर्फ उम्मेदवारी दिएका ३० जनामध्ये ९ जना विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

विजयी हुनेहरुमा डिला संग्रौला, पुष्पा भुसाल, डा.आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमती शाही रहेका छन् । मत परिणामअनुसार संग्रौलाले सर्वाधिक मत प्राप्त गरेकी छन् । उनले २ हजार ८८५ मत प्राप्त गरेकी हुन् । यस्तै, भुसालले (२७१८), देउवाले (२५२६), बस्नेतले (२३३९), न्यौपानेले (२२५९), प्रसाई (२०९६), पौडेलले (१८५८), ढकालले (१८०४) र शाहीले (१७८९) मत प्राप्त गरेका छन् ।

उम्मेदवारहरू अनिता देवकोटा, जानुका ढकाल, उमा दाहाल, किरण कोइराला, रुक्मिणि देवी कोइराला, बिजुला शर्मा राणा, कल्पना अधिकारी, बासना थापा नम्रता बराल, सावित्री बोगटी (पाठक), अकला गुरुङ, धन खतिवडा, अम्बिका सुवेदी, तुलसा पन्त, सीतादेवी देवकोटा ९पाण्डे०, रीता दवाडी, उषाकुमारी राउत, शान्ति कार्की, गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका केसी लामिछाने पराजित भएका छन् ।