राजनीति/ समाज
प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न...
बागमती प्रदेशः मन्त्रालय टुक्र्याउँदा भवन र कर्मचारी अभाव
मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ वटा पुर्याइएपछि प्रशासनीक भवन र कर्मचारी अभाव देखा परेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरी १४ पुर्याएका थिए । त्यसअघि नै निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर प्रदेशमा स्वास्थ्य मन्त्रालय थप...
समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको...
हेटौंडामा नेकपा एकीकृत समाजवादीको कार्यालय उद्घाटन
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशको पहिलो बैठक र कार्यालय उद्घाटन भएको छ । समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण हेटौंडामा भएको छ । बैठक तथा कार्यालय उद्घाटन नेकपा समाजवादी बागमती प्रदेशको ईन्चार्ज इन्द्रप्रसाद तिमल्सिनाका सभाध्यक्षता तथा केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । आज...
कांग्रेस केन्द्रीय सदस्यको मतगणना १० बजेबाट
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन...
थारुतर्फको सहमहामन्त्रीमा चौधरी निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सहमहामन्त्री (थारुतर्फ) उमाकान्त चौधरी निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् । सहमहामन्त्री पिछडिएकोतर्फ...
शेखर प्यानलबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सहमहामन्त्री (पिछडिएका क्षेत्रतर्फ) बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार, जीवन शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा समूहका शाहीलाई २७८ मतले पराजित गर्दै...
मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका फरमुल्लाह निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट सहमहामन्त्री (मुस्लिमतर्फ) बाराका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै देउवा प्यानलका फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्याए भने शेखले १८७१ मत पाए ।...
सहमहामन्त्री (खसआर्यतर्फ) देउवा प्यानलका राठौर निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सहमहामन्त्रीको लागि भएको निर्वाचनमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए । त्यस्तै सहमहामन्त्री महिलातर्फ मकवानपुरकी महालक्ष्मी उपाध्यक्ष डिना निर्वाचित...
कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रीत रहन माधव नेपालको निर्देशन
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा ध्यान दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले आगामी चुनाबमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रीत भएर लाग्न निर्देशन दिएका हुन् । राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र...









