मकवानपुरका रुम्बा परिवारलाई नगदसहित खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७८ पुष ७, बुधबार १७:४६

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर–९ निवासी माइलाकाजी रुम्बाको परिवारलाई नगद रकमसहित खाद्यान्न गरिएको छ । आर्थिक अवस्था कमजोर भएका रुम्बा परिवारलाई नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस जनजाति महासंघ भीमफेदीका अध्यक्ष गोपी बलले संयुक्त रुपमा नगद रकम र खाद्यान्न सहयोग गरेका हुन् ।

रुम्बा परिवारलाई चामल ५ बोरा, चिउरा १ बोरा, तेल १ कार्टुनसहित नगद २५ हजार रुपैयाँ सहयोग गरिएकोे कांग्रेस जनजाती महासंघ भीमफेदीका अध्यक्ष बलले जानकारी दिए । माइलाकाजीको श्रीमती सुकुमाया रुम्बाको मृत्यु भएको र किरिया गर्न सहयोग पुगोस् भन्ने उदेश्यले उक्त नगद र खाद्यान्न सहयोग उपलब्ध गराइएको बलले बताए ।