कांग्रेस केन्द्रीय सदस्य : आदिवासी जनजाति खुलातर्फको मतगणना जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (आदिवासी जनजाति खुलातर्फ) को मतगणना जारी छ । ९ सिटका लागि भएको निर्वाचनको मतगणना जारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, उक्त पदका लागि १२ जनाको उम्मेरवारी परेको छ ।
एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठले ४६७, टेकबहादुर गुरुङले ४४४, बहादुरसिंह लामाले ४३९, दिलमान पाख्रिनले ४०९ मत पाएका छन् । यसैगरी, आङगेलु शेर्पाले ३९४ मत, तारामान गुरुङले ३९१ मत, ओमबहादुर घर्तीले ३४६, टेक प्रसाद गुरुङले ३४३ मत, जितनारायण श्रेष्ठले ३३१मत र महादेव गुरुङले ३१६ मत प्राप्त गरेका छन् ।
कांग्रेसको सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र विभिन्न केन्द्रीय सदस्यहरुको भने मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम अनुसार, सभापति शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि गत मंसिर २७ गते निर्वाचन भएको थियो ।
