कांग्रेस महाधिवेशनः १३ पदाधिकारी र ५० केन्द्रीय सदस्यको आयो परिणाम
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १३ जना पदाधिकारी र ५० जना केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् भने सहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे , महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, मधेसीतर्फ महेन्द्र यादव र मुस्लिमतर्फबाट फर्मुल्ला मन्सुर निर्वाचित भएका छन् ।
त्यसैगरी सहमहामन्त्रीमा नै थारुतर्फ उमाकान्त चौधरी र खसआर्यतर्फ किशोरसिंह राठौर दलिततर्फबाट जीवन परियार र पिछडिएका क्षेत्रतर्फ बद्री पाण्डे विजयी भएका हुन् । खुला केन्द्रीय सदस्यतर्फ भने शशांक कोइराला लोकप्रिय मतसहित निर्वाचित भएका छन् । त्यस्तै गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, दिलेन्द्र बडू र दिपक गिरी निर्वाचित भएका छन् ।
शंकर भण्डारी, सुनील थापा, उदय शमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् ।
त्यस्तै गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी खुला केन्द्रीय सदस्य बनेका छन् । यस्तै खुला महिलामा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही निर्वाचित भएका छन् ।
यस्तै पिछडिएका क्षेत्र, अपाङ्गतातर्फ र अल्पसंख्यकतर्फबाट १–१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । भूगोलतर्फ प्रदेश २ बाट ३ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पिछडिएका क्षेत्रबाट अर्जुनसिंह जोशी, अपाङ्गताबाट मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकबाट प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन् ।
यस्तै भूगोलतर्फ प्रदेश २ बाट रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव निर्वाचित भएका छन् । अब विभिन्न क्लस्टर गरी ७१ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ । जसमा दलितबाट ४ महिलासहित ९ जना, जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना र मुस्लिमबाट १ महिलासहित ३ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ ।
