क्रान्तिकारी ट्रेड युनियन मवानपुरद्वारा मजदुर जागरण अभियान सुरु

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार ०९:०३

मकवानपुर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महांसघ मकवानपुरले मजदुर जागरण अभियान सुरु गरेको छ । सोमबार हेटौंडाको औद्योगिक क्षेत्रको सभाहलमा एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं मकवानपुरका जिल्ला ईन्चार्ज इन्द्रबहादुर परियार (नयन) ले वैज्ञानिक समाजवादी व्यवस्था र श्रमिक अधिकारको लागि जनमत संग्रह नारा सहित मजदुर जागरण अभियान सुरु गरिएको बताए ।

कार्यक्रममा उनले अभियानको सार्थकता र महत्त्व बारे प्रष्ट पारेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य नयनले ट्रेड युनियनको झण्डा हस्तान्तरण गरेका थिए । कार्यक्रमा नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी वाटर, सचिवालय सदस्य गुण, क्रान्तिकारी ट्रेड युनियनका केन्द्रिय सदस्य तथा पश्चिम बागमती विशेष क्षेत्रका संयोजक राजकुमार मगर र मिनप्रसाद गौतमलगायतले अभियानको सफलताको शुभकामना व्यक्त गरेका थिए ।