कांग्रेस केन्द्रीय सदस्य मतगणनाः तीन हजार गन्दा को–को परे ३५ भित्र ?

तु खबर संवाददाता
२०७८ पुष ४, आईतवार १६:४९
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ)को तीन हजार मतको गणना सकिएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म तीन हजार मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् ।

उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् । क्रमश शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुन नरसिंह केसी, जिप छिरिङ लामा, गोपालमान श्रेष्ठ टप ११ मा परेका छन् भने ३५ औं नम्बरमा कृष्णकिशोर घिमिरे रहेका गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।

तीन हजार मत गन्दा को को परे ३५ भित्र ?

१. शशांक कोइराला २४४२
२. एनपी साउद १८९६
३. बालकृष्ण खाँण १८५१
४. उदयशम्शेर राणा १८०८
५. रमेश लेखक १७८२
६. शंकर भण्डारी १७७१
७. रामहरि खतिवडा १७७०
८. ज्ञानेन्द्रबहादुर कार्की १७६४
९. अर्जुन नरसिंह केसी १७१०
१०. जिपछिरिङ लामा १५५४
११. गोपालमान श्रेष्ठ १४४६
१२. जितजंग बस्नेत १५९६
१३. डा.रामशरण महत- १५७७
१४. नैनसिंह महर १५७१
१५. सुनीलबहादुर थापा-१५६६
१६. दिलेन्द्र प्रसाद बडू-१५४८
१७. बल बहादुर केसी-१५३८
१८. गोविन्द भट्टराई-१५२४
१९. मोहनबहादुर बस्नेत-१५२४
२०. दीपक गिरी-१४४८
२१. कुन्दनराज काफ्ले-१४३६
२२. सुरेन्द्रराज पाण्डे-१४१०
२३. पद्मनारायण चौधरी-१३७७
२४. गुरु बराल-१२३४
२५. सञ्जयकुमार गौतम-१२१९
२६. गोविन्द राज पोखरेल-११९१
२७. राजीव ढुंगाना- ११७८
२८. मदनबहादुर अमात्य- ११५९
२९. दिनेश कोइराला – ११५३
३०. अजयबाबु शिवाकोटी ११३३
३१. ई. मोहन आचार्य-११२६
३२. गणेश लामा ११२४
३३. उमेशजंग रायमाझी १११९
३४. गोपाल दहित-१११८
३५. कृष्णकिशोर घिमिरे ११००