खुला ३५ सदस्यको मतगणना सकियो, कसले कति मत पाए ?

तु खबर संवाददाता
२०७८ पुष ५, सोमबार ०८:००
file-photo

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । आइतबार भएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । उनले तीन हजार ८ सय ३६ मत पाएका हुन् ।

त्यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी जिप छिरिङ् लामा निर्वाचित भएका हुन् । नुवाकोटका अर्जुन नरसिंह केसी १० औँ नम्वरमा निर्वाचित भएका छन् । ३५ औं स्थानमा कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन् । उनले १७०७ मत पाएका छन्

हेर्नुहोस्, निर्वाचित सदस्यहरुले  प्राप्त गरेको मत

१. शशांक कोइराला ३८३६
२. एनपी साउद २९३७
३. बालकृष्ण खाँण २८७९
४. उदयशम्शेर राणा २८४३
५. रामहरि खतिवडा २८३२
६. ज्ञानेन्द्रबहादुर कार्की २८२०
७. रमेश लेखक २७८०
८. शंकर भण्डारी २७६८
९. जिपछिरिङ लामा २७०२
१०. अर्जुन नरसिंह केसी २६५०
११. जितजंग बस्नेत २५५७
१२. गोपालमान श्रेष्ठ २५३८
१३. मोहनबहादुर बस्नेत-२४७६
१४. सुनीलबहादुर थापा-२४७२
१५. नैनसिंह महर २४६७
१६. दिलेन्द्रप्रसाद बडू-२४४१
१७. डा. रामशरण महत- २४३४
१८. बलबहादुर केसी-२३८८
१९. गोविन्द भट्टराई-२३५०
२०. कुन्दनराज काफ्ले-२२७९
२१. दीपक गिरी-२२६५
२२. सुरेन्द्रराज पाण्डे-२२०१
२३. पद्मनारायण चौधरी-२०३८
२४. राजीव ढुंगाना- १८९६
२५. गुरु बराल-१८७०
२६. सञ्जयकुमार गौतम-१८६७
२७. गोविन्द राज पोखरेल-१८४३
२८. मदनबहादुर अमात्य- १८३०
२९. अजयबाबु शिवाकोटी १८११
३०. गणेश लामा १७८२
३१. दिनेश कोइराला -१७८१
३२. उमेशजंग रायमाझी १७७६
३३. ई. मोहन आचार्य-१७५१
३४. गोपाल दहित-१७१०
३५. कृष्णकिशोर घिमिरे १७०७