कांग्रेस केन्द्रीय सदस्यको मतगणनाः ३५९५ गन्दा को–को परे ३५ भित्र ?

तु खबर संवाददाता
२०७८ पुष ४, आईतवार १७:४६
file-photo

काठमाडौँ । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३ हजार ५ सय ९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३ हजार ५ सय ९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद र बालकृष्ण खाँणले लोकप्रिय मत पाएका छन् । मतगणनाबाट ९९ उम्मेदवारमध्ये ३५ जना विजयी हुनेछन् ।