कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रीत रहन माधव नेपालको निर्देशन

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार १५:२५
file-photo

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा ध्यान दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले आगामी चुनाबमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रीत भएर लाग्न निर्देशन दिएका हुन् ।

राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए । अखिल किसान महासंघको समन्वयमा उद्दार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेको उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा बोल्दै नेपालले देशमा कृषिको प्रचुर सम्भावना भएपनि आत्मनिर्भर हुन नसकेको बताए ।

विश्वमा वैज्ञानिक क्रान्ति भइरहेको बताउँदै उनले त्यसलाई कृषिमा जोड्नुपर्ने धारणा राखे । जनता नै राजनीतिको केन्द्रबिन्दु रहेको धारणा राख्दै उनले हरेक मानिसले क्षमता अनुसार काम गर्नुपर्नेमा जोड दिए ।