राजनीति/ समाज

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि राजधानीमा राष्ट्रिय सभागृहमा सुरु हुने माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको...

कम्युनिष्टका कमाण्डर कांग्रेसलाई गुट रहित बनाउने अभियानमा

मकवानपुर । भीमसेन महत, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् भीमसेन । ३ दशकबढी कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका उनी हालसालै कांग्रेस मकवानपुरको सचिव निर्वाचित भएका छन् । २०७४ सालमा कांग्रेसमा आवद्ध भीमसेनको राजनीतिक...

निर्वाचन आयोग : मतदाता नामावलीको त्रुटि सच्याउन फागुन २६ गतेसम्मको समय

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा कुनै त्रुटि भए सच्याउन यही फागुन २६ गतेसम्मका लागि समय तोकिएको छ । आयोगले भोलि अर्थात फागुन २० गते मतदाता नामावली सम्बन्धित पालिकाको वडा कार्यालय, जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको वेवसाइटमार्फत सार्वजनिक गर्दैछ । नामावलीमा रहेका त्रुटि सच्याउन, झुटो विवरण दिई नाम...

निर्वाचन आयोग : अन्तिम मतदाता नामावली चैत्र १० मा प्रकाशन गर्ने

काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली आगामी चैत्र १० गते प्रकाशन गर्ने भएको छ । आयोगले मतदाता नामावलीलाई अन्तिम रुप दिने प्रक्रिया अघि बढाएसँगै मतदाना नामावली प्रकाशन गर्ने तयारी गरेको हो । विभिन्न ठाउँबाट संकलन भएका नामावलीहरु जिल्ला–जिल्लामा पठाइसकिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नामावलीमा...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफल

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । एमसीसीबारे कसरी कसरी अगाडि बढ्ने र गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

ग्याल्पो ल्होछारले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सघाउ पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होछारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन सघाउ पुग्ने बताएकी छन् । राष्ट्रपति भण्डारी बिहिबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछारको अवसरमा सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताइन् । भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त नेपाल सामाजिक र सांस्कृतिक विविधतालेसमेत...

कांग्रेस मकवानपुरः आनन्दरामको घमण्डले संस्थापन पक्षलाई क्षति

मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको घमण्डले संस्थापन पक्षलाई क्षति पुगेको छ । जिल्ला अधिवेशनमा सभापतिका आकांक्षी पराजुलीले आफुबाहेक अरुको नाममा सहमति हुन नदिंदा संस्थापन पक्षलाई मकवानपुरमा क्षति पुगेको हो । जिल्ला अधिवेशनको बुधबार विहान प्राप्त मत परिणाम अनुसार पदाधिकारीमा...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : यस्तो छ निर्णय

मकवानपुर । बागमती प्रदेश मन्त्रिपरिषद्को आज (बुधबार) अपराह्न बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले  प्रदेशका विभिन्न सामुदायीक तथा गैर नाफामुलक अस्पतालहरुलाई अनुदान दिने निर्णय गरेको छ ।  उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक मापदण्ड तयार पारिने र असपतालको अवस्था अनुसार अनुदानको व्यवस्था गर्ने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...

बागमती प्रदेशसभाको बैठक फागुन २९ गतेका लागि आह्वान

मकवानपुर । बागमती प्रदेशसभा बैठक आह्वान गरिएको छ । बैठक यही फागुन २९ गते बस्ने गरी आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले बुधबार दिउँसो एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । करिव साढे दुई महिनादेखि बस्न नसकेको प्रदेशसभाको बैठक पुनः आह्वान गरिएको हो ।...

राष्ट्रियसभा सदस्यहरूको शपथ शनिबार हुने

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको हो । गत माघ १२ गते भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।...