राजनीति/ समाज
वडा अध्यक्ष बानियाँद्वारा जनप्रभा युवा क्लबलाई एक लाख सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेश बानियाँले जनप्रभा युवा क्लब हेटौंडालाई आर्थिक रकम सहयोग गरेका छन् । कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ को (ख)का सभापति समेत रहेका बानियाँले शनिबार एक कार्यक्रमबीच उक्त क्लबलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् । वडा अध्यक्ष बानियाँले हेटौंडामा...
कांग्रेस चितवन: सभापतिमा राजेश्वर खनाल निर्वाचित
चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज (शनिवार) दोस्रो...
राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण
काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका १९ जना सदस्यहरुले आज (शनिबार) शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित एक कार्यक्रमबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिल्सिनाले पथ तथा...
राष्ट्रिय सभाका १९ सदस्यहरुको शपथ ग्रहण आज
काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका १९ सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा...
कांग्रेस चितवन: सभापति छान्न दोस्रो चरणको निर्वाचन हुँदै
चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत चितवन जिल्लाको पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा...
बागमतीमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुँदै
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुद प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने गरिने जनाइएको छ । परिषद्ले पत्रकार सम्मेलनमार्फत् पहिलो पटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ । ९ वटा विभिन्न खेल...
माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको हो । पहिलो दिन ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ...
कांग्रेस मकवानपुरः अन्तिम मत परिणाम सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो । आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा ७९४...
कांग्रेस चितवनको नयाँ नेतृत्वको लागि आज मतदान
चितवन । नेपाली कांग्रेस चितवनको चौथो जिल्ला अधिवेशन अन्तरगत आज मतदान प्रकृया सुरु भएको छ । बिहीबारबाट सुरु भएको अधिवेशनअन्तरगत आज नारायणीकला मन्दिरमा मतदान प्रकृया सुरु भएको निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट...
राप्रपाले केन्द्रीय समितिको संख्या बढायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य समितिको संख्या बढाएर २५१ सदस्य बनाएको छ । काठमाडौंमा फागुन १८ र १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १९९ सदस्यबाट बढाएर २५१ सदस्यीय बनाएको हो । बैठकले आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका...







