राजनीति/ समाज
कमल थापाका भतिजाले लिए लिङ्देन पार्टीको शपथ
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यको पद तथा गोपनीयताको शपथ लिएका छन् । गत मंसिरमा भएको महाधिवेशनमा सदस्यमा निर्वाचित भएका अभिषेकले तीन महिनापछि बुधबार शपथ लिएका हुन् । कमल थापा भने राप्रपा परित्याग गरेर राप्रपा...
भोलि देशभर सार्वजनिक विदा
काठमाडौं । भोलि बिहिबार देशभर सार्वजनिक विदा हुने भएको छ । संघीय सरकारले शेर्पा समूदायको ग्याल्पो ल्होछारको अवसरमा भोलि देशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त पर्वको अवसरमा विदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा विदा दिँदै आएको छ । सरकारले...
जसपाले असार १ र २ गते विधान अधिवेशन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ । गत फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् । यस्तै, बैठकले फागुन २८ गते संघीय...
राप्रपाको केन्द्रीय सदस्यमा १४ जना मनोनीत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा १४ जना मनोनीत भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । मनोनीत हुनेहरूमा लीलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा...
नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगे विप्लव
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । विप्लव श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको निवास पुगेका हुन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै...
आज संसद बैठक बस्दै
काठमाडौं । प्रतिनिधसभा (संसद) बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । एमसीसी अनुमोदन भएपछि आज पहिलो पटक संसद बैठक बस्न लागेको हो । गत आइतबारको संसद बैठकबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । त्यसपछि बैठक स्थगित भएको थियो । संसद...
कांग्रेस मकवानपुरको सहसचिवमा न्यौपाने र बजगाईं विजयी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईं ‘निशान’ विजयी भएका छन् । गत सोमबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा न्यौपाने र बजगाईं सहसचिव पदमा विजयी भएका हुन् । सहसचिवमा विजयी भएका न्यौपानेले संस्थापन इतरबाट र बजगाईंले संस्थापन पक्षबाट...
कांग्रेस मकवानपुरको सचिवमा महत र पाठक
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सचिवमा भिमसेन महत र इश्वरकुमार पाठक विजयी भएका छन् । गत सोमबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बुधबार बिहान भएको मतगणनामा महत र पाठक विजयी भएका हुन् । विजयी भएका दुबै जना संस्थापन इतर पक्षका हुन् । महतले ८१३ र पाठकले...
कांग्रेस मकवानपुरको उपसभापतिमा कठायत र लामिछाने विजयी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । सोमबार सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट उपसभापति पदमा कठायत र लामिछाने विजयी भएका हुन् । कठायतले ६११ र लामिछानेले ६०६ मतसहित उपसभापतिमा विजय हासिल गरेका हुन् । यसैगरी, उपसभापतिका अन्य प्रत्यासीहरुमा रामबाबु बानियाँले ४८७,...
एमसीसी कार्यान्वयन गरेर जानुको विकल्प छैन : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन् । मंगलबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । ‘एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा...










