राजनीति/ समाज
सभापति पदको सकियो मतगणना: निर्वाचन दोस्रो चरणमा धकेलियो, जयराम बाहिरिए
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा तीनै जना उम्मेदवारको ५१ प्रतिशत मत नपुगेपछि चुनाव दोस्रो चरणमा धकेलिएको छ । कांग्रेसको विधानमा सभापति निर्वाचित हुन ५१ प्रतिशत मत आवश्यक पर्दछ । अब सबैभन्दा बढी मत पाउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच पुन दोस्रो चरणको मतदान हुने भएको छ । सोमबार...
कांग्रेस मकवानपुर अधिवेशनः बानियाँ र डीना मतदान प्रक्रियामा सहभागी भएनन्
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सोमबार सम्पन्न अधिवेशनमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना मतदान प्रक्रियामा सहभागी भएनन् । संस्थापन पक्षका बानियाँको उम्मेदवार बुद्ध लामा र डीनाको उम्मेदवारको रुपमा आनन्दराम पराजुली प्यानलनै बनाएर चुनावी अभियानमा होमिएका थिए । तर, बानियाँ र डीना दुवैले मतदान...
कांग्रेस मकवानपुर अधिवेशनः मनोनयन शुल्क ४ लाख ३९ हजार
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा मनोनयन दर्ता शुल्क बापत ४ लाख ३९ हजार रुपैयाँ संकलन भएको छ । निर्वाचनमा ४८ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सोमबार भएको निर्वाचनमा पदाधिकारीको सभापतिमा तीन जना, उपसभापतिमा ७ जना, सचिवमा ६ जना, सह सचिवमा ७ जनाको उम्मेदवारी...
कांग्रेस मकवानपुर अधिवेशन : सकियो मतदान, केहीबेरमै मतगणना हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेसन अन्तरगत आज मतदान प्रक्रिया सकिएको छ । सोमबार साँझ ६ बजे नै मतदान प्रकृया सकीएको निर्वाचन अधिकृत गोपी प्रसाद सुबेदीले जानकारी दिए । सभापति सहित ४८ पदका लागि भएको निर्वाचनमा १ हजार ७ सय ७५ मत छ । कुल १८ सय ५३ मतदाता...
कांग्रेस मकवानपुर अधिवेशन : मतदान जारी
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत कांग्रेस मकवानपुरको नयाँ कार्य समितिको लागि सोमबार मतदान जारी छ । सोमबार निर्धारित समयभन्दा केही घण्टा ढिलो गरी सुरु भएको मतदान हाल जारी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ डल्फिन चौरमा मतदानका लागि केन्द्र निर्माण...
सत्ता गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा
काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । यससँगै पाँच दलीय सत्ता विभाजित भएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका...
कांग्रेस मकवानपुरको मतदान २ घण्टा पर सर्यो
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तरगत आज हुने मतदान २ घण्टा पर सरेको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान १० बजेदेखि मात्रै सुरु हुने भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले जानकारी दिए । उनका अनुसार, मतदान स्थलको व्यवस्थापन र नेपाल बन्दको प्रभावका कारण मतदानको...
मकवानपुरलाई कांग्रेसमय बनाउन मेरो उम्मेदवारी: कोइराला
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले मकवानपुर अधिवेशन अन्तरगत भोलि हुने निर्वाचनमा सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । कोइरालाले सभापति पदका उम्मेदवार बुद्ध लामाको प्यानलबाट आज उम्मेदवारी दर्ता गराएका हुन् । २०३७ सालदेखि कांग्रेस रहेर राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका उनले मकवानपुरलाई कांग्रेसमय बनाउने अभियानलाई पूर्णता...
एमसीसी स्वीकार्य छैनः झलनाथ खनाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसीबारे भएका सबै सम्झौता उपलब्ध गराउन माग गरेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादीका सांसद खनालले एमसीसीबारे १२/१३ वटासम्म सम्झौता भएको बताए । उनले आफुहरु भेडाबाख्रा नभई...
एमसीसीको पक्षमा मतदान गर्ने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले अमेरिकी सहयोग परियोजनाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार ललितपुरमा बसेको कार्यकारिणी समितिको बैठकले एमसीसी सम्झौता अनुमोदन गर्ने पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको हो । यसैबीच आज संसदमा एमसीसी पेश भएको छ । विभिन्न दलका नेताहरुले एमसीसीमाथि धारणा व्यक्त गरिरहेका...









