राजनीति/ समाज

एमसीसी संसदमा पेश गर्नु देश र जनताप्रतिको गद्धारी हो, विपक्षमा मतदान गरौँ: भीम रावल

मकवानपुर । एमाले नेता भीम रावलले अमेरिकी सहयोग परियोजना संसदमा पेश गर्नु राज्यप्रतिको अपमान र जनताप्रतिको गम्भीर धोका भएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय संसदमा पेश गर्नु देश र जनताप्रतिकोे गद्दारी भएको बताए । उनले एमसीसीमा...

प्रतिनिधिसभा बैठकः एमसीसीबारे छलफल सुरु

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीमाथि प्रतिनिधिसभा संसद्मा छलफल सुरु भएको छ । आइतबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र मिलेसनियम च्यालेन्ज कर्पोरेसनबीच भएको सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने वेलमा नाराबाजी गरिरहेका छन् । एमालेले कारबाही गरेको...

कांग्रेस मकवानपुर अधिवेशनः सभापतिमा ३ जनाको उम्मेदवारी दर्ता

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मकवानपुर अधिवेशनमा तीनै जना सभापतिका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पार्टीका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी दर्ता गराएपछि तीनै...

कांग्रेस मकवानपुर अधिवेशनः को–को छन् आनन्द पराजुलीको प्यानलमा ?

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापति पदमा उम्मेदवारी घोषणा गरेका आनन्दराम पराजुलीले आफ्नो चुनावी प्यानल तयार पारेका छन् । उनको समूहबाट उपसभापतिमा रमेश गिरी र भीम लामा, सचिवमा यतिराज सापकोटा र मानबहादुर पाटा मगर तथा सह–सचिवमा मीरा स्याङ्तान र कृष्णप्रसाद दाहाल रहेका छन् । उनको प्यानलबाट सदस्य पदमा उम्मेदवारी...

बुद्ध लामाको प्यानलबाट को– को बन्दैछन् उम्मेदवार ?

मकवानपुर । कांग्रेस मकवानपुरको आज हुने अधिवेशनमा नेतृत्वका लागि मैदानमा उत्रिएका बुद्ध लामा संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएका छन् । विगतमा नेता बानियाँका लागि त्याग गरेका लामा सर्वसम्मत रुपमा जिल्लाको नेतृत्व चयनमा लचिलो बन्दा संस्थापन पक्षको साथ पाउने भएका हुन् । संस्थापन पक्षबाटै उम्मेदवार बनेका पराजुलीले आफ्नो अडान नछोड्दा...

आज यी ६ जिल्लामा कांग्रेसको अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसले आज आइतबार ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए । कांग्रेसले...

आज एकीकृत समाजवादीको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज (आइतबार) बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत...

कांग्रेस मकवानपुरको अधिवेशन आज, यस्तो छ निर्वाचन तालिका

मकवानपुर । नेपाली कांग्रेसकोे १४ औँ महाधिवेशन अन्तरगत आज मकवानपुरको अधिवेशन हुँदैछ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार आज हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुनेछ । उनका...

कांग्रेस मकवानपुर : आज मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशन गर्ने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन आज (आइतबार) बाट सुरु हुने भएको छ । जिल्ला अधिवेशन अन्तरगत आज पहिलो दिन उम्मेदवारहरुको मनोनयन दर्ता गर्नेदेखि अन्तिमनामावली प्रकाशन गर्ने कार्यसूची रहेको कांग्रेस जिल्ला निर्वाचन समिति मकवानपुरले जनाएको छ । निर्वाचन समितिका अनुसार, अधिवेशनअन्तरगत आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म मनोनयन...

१६ गतेको लागि तय भएको बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर । बागमती प्रदेशसभाको फागुन १६ गतेको बस्ने गरी तय भएको ९ औँ अधिवेशन बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयले सूचना जारी गर्दै विशेष कारणवस बैठक स्थगित गर्नुपरेको उल्लेख जनाएको छ । त्यस्तै प्रदेशसभा बैठक अघि आज दिउँसो १ बजे बस्ने गरी तय भएको...