राजनीति/ समाज
आनन्दराम पराजुलीको घोषणा सभामा देखिएनन् बानियाँ र डीना
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत आसन्न फागुन १५ गते हुने जिल्ला अधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । शुक्रबार मात्रै हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस नेता जयराम लामिछानेले सभापति पदमा उम्मेदवारी घोषणा गरे । लामिछानेले चुनावी प्यानलनै सार्वजनिक गरे भने पराजुलीको...
यस्तो छ कांग्रेस मकवानपुरको निर्वाचन तालिका
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक भएको छ । जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५...
जयराम लामिछानेद्वारा प्यानल घोषणा, को – को बन्दैछन् उम्मेदवार ?
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न निर्वाचनमा सभापति पदका उम्मेदवार जयराम लामिछानेले आफ्नो चुनावी प्यानल घोषणा गरेका छन् । संस्थापन इतर पक्षको तर्फबाट आफ्नो उम्मेदवारी रहेको दावी गर्दै आएका लामिछानेले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी प्यानल घोषणा गरेका हुन् । उनको प्यानलबाट उपसभापतिमा आनन्द कठायत र धर्म...
कांग्रेस मकवानपुरको सभापतिमा आनन्दराम पराजुलीको उम्मेदवारी घोषणा
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा जिल्ला सभापति पदमा आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् । पराजुलीले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी संस्थापन पक्षबाट रहेको दावी गरे । पराजुलीले आफु सभापति पदमा विजयी भएमा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने, तीनै तहको निर्वाचनमा...
निर्वाचन आयोग : स्थानीय तहको चुनावका लागि एमालेले गरायो दल दर्ता
काठमाडौं । नेकपा एमालेले स्थानीय तह चुनावमा सहभागी हुन निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले दल दर्ता गराएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह चुनावमा सहभागी हुनका लागि...
सरकारको आग्रहमा आजको प्रतिनिधिसभा बैठक पनि स्थगित
काठमाडौँ । शुक्रबार १ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक आइतबारसम्मको लागि स्थगित भएको छ । सरकारको तर्फबाट कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी...
नेकपा माओवादी केन्द्र मकवानपुरको संयोजकमा सर्केश घलान
मकवानपुर । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको संयोजकमा सर्केश घलान चयन भएका छन् । माओवादी केन्द्र बागमती प्रदेश समितिको बिहीबार काठमाण्डौंमा बसेको दोस्रो पूर्ण बैठकले घलानलाई संयोजकमा चयन गरेको प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले जानकारी दिए । यसैगरी, बैठकले जिल्ला समन्वय समिति मकवानपुरको सचिवमा भीम पाख्रिन, मकवानपुर प्रतिनिधिसभा...
कांग्रेस सभापतिका दाबेदार पराजुलीद्वारा १४ बुँदे प्रतिबद्धता सार्वजनिक
मकवानपुर । नेपाली कांग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । अन्य जिल्लामा फागुन १५ बाट मिति सारेर २० पुर्याएपनि मकवानपुरमा १५ गतेनै अधिवेशन हुने निश्चित भएपछि चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत दिन अपिल गर्दै प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।...
प्रतिनिधिसभा बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने
मकवानपुर । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दैछ । हिजो दिउँसो बोलाइएको बैठक स्थगित गरी आजको लागि बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभा सचिवालयले जनाएको छ । बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको...
माधव नेपालले सीपीसीलाई भने – नेपाली भूमिमा कसैलाई चीनविरोधी गतिविधि गर्न दिन्नौँ
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले विहिबार चिनियाँ कम्युनिष्ट पार्टीका सीपीसीको अन्तरराष्ट्रिय सक्पर्क विभागका उप प्रमुख चेङ झाउसँग नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् । नेता नेपालले भिडियो वार्ता गर्दै नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने...









